Gorkha Schedule Tribes |
CULTURAL IDENTITY OF GORKHAS
There's an English proverb,'Loss of culture is loss of Identity' .
Apart from Aryan, Dravidian and Mongolian stroke there Exists a race Known as KHAS/Khasa or Kasayets with an history of evolution since its prehistoric Period.
Gorkha Rocks |
गोर्खा महाजातिको मेरूदण्ड स्वरूप *खस* हरू महात्मा बुद्ध-दर्शनको प्रभावमा एक सोझो सरल दयाशील जनसमूह। उसै अनुसार खस+किराँत+मंगोलको मिश्रण खुकुरीधारी गोर्खा महाजातिनै उस्तै सहनशील इमानदार भातृत्ववोधी छ। संस्कार संस्कृति प्रति कट्टर मानसिकता नहुनाले क्रमश गोर्खाहरूको मौलिक संस्कारहरूलाइ थिच्तै हिन्दुत्वको शास्त्रीय कथाहरूसित मिलाउने लक्षले "नेपाली जाति बनाउने अनि फेरि हिन्दु जाति भनिनुपर्ने चक्रान्तले गोर्खाहरूलाई बिलिन गर्ने प्रयास १५०० सनदेखिनै क्रमश गतिमान देखिदैं आएको छ।*
हिन्दुधर्मको आडमा गतिमान यो चाला देख्तै क्रमश ईसाईकरण, इस्लामकरणलेपनि आफ्नो चाल शुरू गर्यो गोर्खाहरूमा। हिन्दुत्वले फैल्याएको वर्णवाद सामाजिक भेदभाव दमन उत्पीडनहरूबाट दिक्क भएको समूहलाई उद्धार साथ सहयोग गर्दै इसाई इस्लामले आफ्नो जरागाड्न सफल भयो।
त्यसप्रकार नियाल्दा देखिन्छ -तीनैवोटाले आखिरकार गोर्खे मौलिकताको विनाश गरेको छ, तीनतिर बाट लुछ्तै थाङ्थिल़ र दूर्बल पार्दै अदूर भविष्यमा चिनोचाप्टो बिनाको सम्पूर्ण बिलिन पार्ने छर्लङ्ग देखिन्छ।
त्यसैले गोर्खाहरूको मेरूदण्ड बहुसंख्यक खसहरूले अब जातीय हितमा बागडोर सम्हाल्दै मौलिकताको उत्थान, जातीय सामाजिक समानताको समभागिता न्याय निसाफ निर्माताको जिम्मेदारी सम्हाल्न अतिनै जरूरी भएको छ।ब्राह्मण बनेर अघिबढनेले संस्कृतको चचचुचु बाट थालनी गर्छनै, त्यहीँ बाट रोगको शुरूवात भएको याद राखौं, तसर्थ खसपनाले अघि बढेर आउनुहोस-
Disclaimer -Kindly watch this video till last to understand its depth.
We do respect each and every one and also don't have any hidden intention to hurt any caste, community, Race, Religion, Country,Culture, Political Parties.
You can search us on Facebook
@babadaangrefilms.
Sincere Gratitude to Bogiram Bhandari ji for sharing this post.
Kindly watch the video given below.
.
Given below are the 20 important Rituals still practises Khas community people since its Periodic times.
गोर्खा महाजाति र संस्कृति भित्र खस जनजाति- एक संक्षिप्त चर्चा।।
****
क) खसजाति पशुपालन, खेती गर्ने बन-जंगल सित सम्बन्धित र माटो संगङ्ग जोड़िएको, बन-झाँक्रीलाई आस्थाको देउता मान्ने, धामी, झाँक्री, माता नचाउने। पाहाड़ी आदिवासी हुन भन्ने कुरा उल्लेखित पुस्तकको उपरान्त पनि जीवन्त व्यवहारिकताले प्रमाणित हुँदछ।
ख) खसहरूले उहिले पूजा आजामा चामलको सेतो अक्षता दहीमा मुछेर टिका लगाउने चलन थियो भने, वर्तमान समयमा राम्रो देखिनुको निम्ति रातो अबीरमा अक्षता दहीमा मुछेर टिका लगाउने चलन चलाई ल्याएका देखिन्छ।
ग) खसहरूले वास्तवमा कुनै माटो द्वारा निर्मित देउता पुज्दैनन अर्थात मूर्तीपुजक समूह होइन्। ईश्वर या त प्राकृतिपरक रूख, खोला, वा ढुंगा लाई शिलाको रूपमा स्थापना गरेर पुज्ने गरेको पाइन्छ । हिजोआज दसैंलाई दूर्गापूजा अथवा कालिपूजा नामले मूर्ति पूजा जो निक्कै अप्नाएको पाइन्छ त्यो वास्तवमा राजनैतिक उद्धेश्य प्रणोदितरूपले बृटिसकालमा थालनी भएको बङ्गालको संस्कारहरू हुन भने गणेश पूजा उसरीनै स्वतन्त्रता संग्रामको बेलादेखि एकताको निम्ति महाराष्ट्र बाट उब्जिएको पर्व हुन।त्यो पूजाहरू निर्गुण भक्तिधाराका निराकार आस्थापालक खस गोर्खाहरूको मौलिक संस्कृति होइन।
घ) खाना खाँदा टोपी फुकाल्ने खसहरुको आदिम प्रचलन हो। बाउ, छोरा र नातीले एउटै थालमा खाने चलन हुँदैन।
ङ) खसहरूमा कुम्ले विहे, विधुवा विहे, जारी, बिजारी, सिजारी, फिर्के,पोइला स्वीकार गरिन्छ।जारी बुझाउने र बुझ्ने प्रचलन रहेको पाइन्छ। घर जुवाँई राख्नु खस समाजमा बेइज्जत मानिदैन। खस समुदायभित्र अन्तर्जातीय विवाह निषेधित छैन। जात झर्ने/जाने जस्तो कुरा खसहरूमा थिएन र छैन तर आर्य वर्णवादमा रहेको त्यो जात झर्ने कुरा कतै घुसार्ने प्रयास नभएको चैं होइन्। केटालाई तिलक दिने वा छोराको मोलतोल गर्ने प्रचलन खस समाजमा छैन। छोरीहरूको पेवाको रू्पमा संरक्षित धन सम्पत्ति आदि बिहेको समयमा सक्तो विभिन्न दिने चलन छ जसलाई अंशधन मानिन्छ र यसलाई हिन्दी समाजमा रहेको दहेज शब्दको अनुकरण गर्दै दाइजो- नामाकरण गरेर प्रचलनमा ल्याएको कदाचित मान्न सकिदैन बरू खस समाजमा छोरा र छोरी दुवैलाई सम मर्यदा हक व अंशधनको चलन रहेको गर्वबोधको साथ मान्य हो। खस समाजमा धामीद्वारानै केटा-केटीबीचमा सिन्दुर-पोते गराउने चलन रहेको थियो।
च) आर्य हिन्दुहरूले जस्तो खस छोरी-चेलीले बाउ, आमा, दाजु, भाईका गोडा़ छुदैनन्। विवाहमा बेहुलाले खुकुरी भीर्ने र छाता बोक्ने प्रचलन कायमै छ। जन्तीले हतियार बोक्दैनन। छोरीलाई ढोगेर दक्षिणा दिने चलन छ। भाञ्जा-भाञ्जीलाई झोलिको देउता मानिएकोले कुटनू पिटनु गाली गर्नु असभ्य मानिन्छ। तेसैले पूजा-आजामा पुरेत नपाउँदा भाञ्जा-भाञ्जीलाई टिको लगाई संस्कार चलाइन्छ।
छ) पारिवारिक व सामाजिक सघाऊ संस्कृति सम्बन्धमापनि खस परम्पराहरूमा आफ्नोपन स्वकीय मौलिकता छ। जस्तै पारपाचुके, माना-चामल, अपुताली जस्ता परम्पराहरू अन्यत्र देखिदैन।
ज) गोर्खा-खस परम्परामा दसैं, भाईटिका, भैलो, देउसीलाई प्रमुख चाड़का रूपमा मानिन्छ। तिज र तिहार छोरी-चेलीका सम्बन्धमा अत्यन्त महत्वपूर्ण हुन। देउसी खेल्ने चलन खसहरुको जातीय पहिचान हो।समस्थ गोर्खा महाजातिले बलिराजाको हुकुम पालन गर्दै खेलिने देउसीले प्रमाणित गर्दछ हामी खस-किराँतको समष्ठी गोर्खा महाजातिनै यस भारतीय भूक्षेत्रको प्राचीन जनजातीय सम्राट दानवीर बालिको सन्तान हौं प्रजा हौं । तेसैले हिन्दु शास्त्रीय देव-असुर युद्धा आर्यहरूले हाम्रै पूर्खासित लडेको कथा हुनुपर्छ भन्नेकुरालाई नकार्न पटक्कै सकिदैन।
झ) उसरी भूत-प्रेत, टुना-मुनाको दुष्प्रभाव पन्छाउन, तान्त्रिक गुरू गोरखनाथको ज्ञान शक्तिलाई आत्मसात गर्ने खसहरूमा जोगीले राती विशेष प्रागवैदिक मन्त्र फलाक्दै बराठको सिंग बजाएर प्रत्येक घर घुम्ने चलन छ र यसप्रकार जोगिले फेरि लाउने क्रमलाई समूर्ण गोर्खा समाजलेनै आदर सम्मानको साथ दान गर्ने गरेको छन जो अगोर्खाहरूमा पाइँदैन।योपनि हाम्रो छुट्टै पहिचान बोकेको मौलिकता हो।
ञ) खस समाजमा कुनैपनि परम्पराहरू निर्वाह गर्दा कामी, दमाई, सार्की र वादी नभइ हुदैन।असार पन्द्रमा बेठी लाएर खेत रोप्ने पर्व होस अथवा विहे अथवा अन्यकुनै खुसीको पर्व होस, नौमती बाजा घन्काएकै हुन्थ्यो, खुकुरी आतीय पहिरन व स्वजातीय पहिचानका गहनाहरू यीनै कर्मठ कामी, दमाई, सार्की र वादीहरूकै सृजना हुन । तसर्थ उनिहरूको निश्चित रूपले भन्न सकिन्छ बिना खस समाज अपूर्ण थियो अर्थात प्रकृतार्थमा उनिहरू खसनै हुन।
ट) कृषि-पशुपालक जनजाति खासहरूको प्राय सबै चाड पर्वहरूनै प्राकृतिक मौसम र समयलाई ध्यानमा राखेर तय गरेको देखिन्छ। पूर्णेको (पूर्णिमा)को खुबै महत्व छ, कुलपुजा देउता कोठामा धुप-धुवाँर पूर्णेको दिनै हुने गर्छ। यसरी प्रकृतिक पुजनको प्रचलनले खस जातिको धार्मिक संस्कारलाई स्वतन्त्र संस्कारका रूपमा प्रमाणित गर्दछ। उपरूक्त मन्थनबाट के स्पष्ठ हुन्छ भने वास्तवमा हिन्दु शास्त्रीय कथाहरूको आधारमा सिर्जिएका पुजा ब्रत चाडपर्वहरू प्रकृतार्थमा खस गोर्खाहरूका चाडपर्व होइन बरू हिमाली प्राचीन खस किराँतहरूको मौलिकतालाई टिपेर मनपरि तरिकाले बिगार्दै जोड्दै फेर्दै आर्यहरूले लेखेका भिन्न भिन्न कथाहरू हुन भन्न सकिन्छ ।किनकि ऐतिहासिक तथ्यानुसार खसहरुको समकक्षी किराँत जातिसंग पुरानो सम्बन्ध रहेको र खस - किराँत वैदिककाल पूर्वका जाति हुन जसलाई मनुस्मृतिमा म्लेछ, तुच्छ, असभ्य जस्ता शब्दले सम्बोधन गरेको उल्लेख छ ।
ठ) माटाका भाँड़ामा पकाउने वा खाने चलन खसहरूमा हुदैन।माटाको भाँड़ाको प्रयोग केवल पितृ कार्यमा गरेको र प्रयोगपछि जुठो मानि फाल्ने गरेको पाईन्छ।
ड) कुलदेउता (कुल मष्टो), गोठ देउता, धामी, झांक्री, माता (नौ भुवानी) खस समुदायका अभिन्न स्वकीय धार्मिक आस्थाहरूले खसहरुको धार्मिक संस्कारलाई प्रमाणित गर्दछ- जो बोनधर्म सामिन्जिम अन्तर्गत रहेको प्रतित हुन्छन। उपरोक्त अध्ययनबाट अनुभव गर्न सकिन्छ कि खस मौलिक धर्म अलिखित वंशानुक्रमले लोक संस्कारको रूपमै रहेको कारण अन्य विभिन्न धर्महरूको सरह ध्रर्मशास्त्र नरहेको र स्थापित धर्मको रूप लिएर फैलिन नसकेको। यही अभावको मौकामा अन्य स्थापित धर्महरूले खसहरूलाई आआफ्नो तर्फ भित्र्याउने क्रम यद्द्पि जारी छ , फलस्वरूप खस लगायत पूरै गोर्खा समूह विभिन्न धर्मतर्फ ढल्किदैँ पूर्व पश्चिम उत्तर दक्षिण फर्कीन थालेको पाइन्छ।
ढ) मौसम अनुसार चैत बैसाकमा उँभौली (संसारी) र कात्तिक मुंशीरमा उधौली(संसारी) गाउँ समाजको सामूहिक धामी-झांक्रीले सम्पन्न गर्ने प्रमूख पुजा हुन्। यही उँभौली र उधौली (संसारी) व्यक्तिगत रूपमा घर-घरमा पनि गरिन्छ- जसलाई दसैंमा नौलाको पुजा भनेर पनि बुझिन्छ- जो नौ भुवानीको पूजा हो भने मष्टोको चाही भीमसिन पुजाको रूपमा गर्दै आएका वंशहरूले कायम राखेको छन्। यस उपरान्त आफ्नो वंशको गोल-टोलले तीनबर्षमा देवाली नामले एकै ठाँउ भेला भएर कुलपुजा गर्ने परम्परा छ । भने कुनै वंशले त्यही देवालीलाई गोठधुप नामले पनि गर्ने गर्छन । गोठपाला जनसमूदाय हुनुकै कारण स्यानो-तिनो पाराले एकैछिनमा गरिने डाङ्ग्रे भगत/ पन्च भगत/भाँगपुजा आदि नामले साँझपख घरको सिकुवातिर दियो कलश बाँसका झिक्राको फूर्का बनाएका तीन घुङ्ग्रीङ, पान-तामुल फलफूल गरि धामी मेलोले एकैछीनमा गरि सकीने पूजा(भगत)प्राय महिनै गर्ने गरेको प्राय असम तथा पूर्वोत्तरतिरका खस घर गाँउमा देखिन्छ।यस पूजामा मूख्य प्रसिद अलिकति गाँजा अथवा कानि चडाउनू अनिवार्य छ।
ण) खसहरूमा घरमा नयाँ शुभकार्य हुँदा- जस्तै जय-जन्म, बिहे आदिमा, सुत्केरी भाग, बिहे भाग भनेर नौलाको पूजा थान थपना गरेर धामी अथवा शुद्ध मनले उसरीनै फलाक्न सक्ने आफैंले गर्ने मष्टोधर्मको मौलिक संस्कृति हो।
त) प्रकृतिको नियम अनुसार व्यस्क महिलाहरूमा हुने महिनावारीलाई आदरको साथ शारिरिककष्ट बुझेर बिश्रामको दिने लक्षले कामकाजमा तीन देखि पाँचदिन छुन नहुने, नदी-नाला नतर्ने बारी बिरूवाको काम भान्साघर आदिको कामबाट पर रहने नियम चलि आएको देखिन्छ। यद्दपि आआफ्नो पारिवारिक सुबिधा-असुविधा अनुसार भान्साघरको कामहरू गर्न बाध्यता रहेको अवस्थाहरूपनि अनेक हुन्छन ।
थ) मृत्यु संस्कार सिध्याएर चोखिएको दिन त्यी परिवारले धामीद्वारा चिन्ता राखेर, मरेको व्यक्तिको आत्मालाई त्यस परिवारबाट मुक्त गराउने प्रचलन थियो र धेरैतिर आजपनि कायमै छ। कालक्रमा धेरैतिर धामीहरूको संख्या द्रूतगतिमा घटतै गएको र त्यो ज्ञान दिक्षाको पहल गर्ने परिवन्धको अभावको मौका छोपेर, उस्तो परिवन्ध भएका अन्य धार्मीक शास्त्रीय विधान खस समाजमा गाँज्जिन मौका पाउँदै आएको होइन भन्न मिल्दैन्।
द) खस समाजमा ईश्वर र आत्मबीचको संवाद कतिपय गाउँ घरमा धामी, झाँक्रीद्वारा नै गराएको देखिनु अचम्भ मान्नु हुँदैन। खसजातिको जातीयता र पहिचानको कुरा गर्दा कतिपय हिन्दुत्वमा बिलिन भक्तहरुले खसलाई आर्य समूहसंग जोड़ने गरेको पाइन्छ। यदि खसहरूले आफूलाई आर्यहरू सित जोडने भूलबाट उक्सिने चिन्तन र परिवन्ध झट्टै गर्दैनन भने, खस-गोर्खाहरुको इतिहास लोप हुनधेरै समय लाग्ने छैन भन्नेकुरा छर्लङ्ग दृषिटगोचर हुदैँ आएको छ। ।नियालेर हेर्दा स्मरणीय के देखिन्छ भने- हाम्रो चाड पर्वहरू प्रागवैदिक कृषि-पसुपालक पारिवारिक र सामाजिक हितको लक्षले थालनी भएको हुन नकि कुनै हिन्दु अथवा अन्य कुनै धार्मीक कथाको आधारमा अथवि अनुकरणमा थालनी भएको। अस्सलमा हाम्रो मौलिक चाडहरूलाई देखेर थप जोड गर्दै कतै हुवहु कतै बिरूप कथा जोडेर रचिएका कथाहरूलाईनै हामीले धार्मीक शास्त्रको मान्यता दिएको पाइन्छ- जुन कथाहरूको आपसमा तालमिल छैन खस मौलिकता सित त सम्पर्कै देखिदैन।
ध) उहिले खसहरूमापनि फूपु-चेला,मामा-चेली बिचमा विहेवारी चल्ने प्रथा रहेको र पछि हिन्दुधर्म ग्रहणपछि उक्त नियममा फेरबदल गरिएपनि, सात ज्वाँईलाई गर्ने धर्म एक भानिजलाई गर्दा हुन्छ भन्ने चलन बरकरार छ। तेसैले सात ज्वाँई एक भानिज भनिन्छ।यो रीतपनि आफ्नो वंशानुगत व्यक्तित्व, भाषा, धर्म संस्कृति र समाजको दृष्टिले बहुसांस्कृतिक एउटा महत्वपूर्ण पाटोको रुपमा मानिन्छ।
न) तथाकथित साना जात कहलाइने जातहरूले तथाकथित उच्चजातको सादृश्य नाम-थर कायम गरेको उदाहरणहरू यत्रतत्र पाइन्छन।त्यसैगरि खस शब्दले खसेको जाति भन्ने मानसिकता वोध गराउँदै षढ्यन्त्रले चर्चा प्रचार गरिदैँ ल्याएको कारण खसहरूमा बाहुन-छेत्री वर्णको सृजना र उनिहरूले आफूलाई उच्च कुलको भन्ने भ्रान्त धारण विकसित हुदैँ आएर समाजमा अनेकता बढदै जात जातको उत्पति हुन पुगेको
देखिन्छ ।
अब हामीले भारतीय खस-गोर्खाहरुको वर्तमान र भविष्य सुरक्षित राख्नु हो भने, गोर्खाहरुको पारम्पारिक रीतिथीति, गोर्खाभाषा, संस्कार, संस्कृतिको जगेरा गर्नुको निम्ति,गोर्खा समाजमा व्याप्त वर्णभेद-छुवाछूत जस्तो कुप्रथा, कुसंस्कृतिबाट मुक्ति पाउनै पर्छ। अनि मात्र गोर्खाहरुको मौलिक पहिचानको वर्चस्व कायम रहन्छ।
A very sincere gratitude to Shri Bogiram Gorkha Bhandari for this very great summary.
Follow us on:-
https://babadaangrefilms/facebook.com
भारतीय गोर्खा जनजाति |
Gorkha Tribes of Assam |
Very clearly projected the facts. Very good job.Salute your endeavor.Hercules task you have done by matching the historical speeches with relevant visual editing and excellent voice .
ReplyDeleteVery informative Content.Keep it up
ReplyDelete