ध्रुव लोहागण



शेष प्रणाम


 - 

एउटा अपत्यारिलो रोगी खबरले म स्तब्ध भएँ ।

ध्रुब लोहागण छैनन् ।


आज उनले यो नश्वर चोला त्यागी हामी सबेलाई हतचकित बनाएर विदा लिए यो संसारबाट । भारतीय नेपाली नाटक फाँटमा कहिल्यै पुर्ताल नहुने अपूरणीय क्षति पुऱ्याएर । हामी रङकर्मीहरू टुहुरो बन्यौं...शोकग्रस्त बन्यौँ । 

माथ्लो ओठमाथि फेभिकोलले ट्याप्प-ट्याप्प टाँसेकोजस्तो टम्म मिलेको एक मुठा ईर्ष्णीय कालो शानदार, टहकदार, गर्विलो दाम्भिक जुङ्गा । सिपालु पोख्त अब्बल कारीगढ़को बान्किलो सिप वालछ्याल देखिने । यी एक मुठा जुङ्गाका मालिक हुन् मेरा आत्मीय मित्र ध्रुव लोहागण । 

चिटिक्कै परेको कालै केशराशी । अनुहारको भूगोलमा गम्भीर, सौम्य, हँसिला, रसिला, टेसिला, गजबिला अनि जाँगरिला व्यक्तित्वका द्राघिमांशहरू तैँछाड़्-मैछाड़ ।

सरल स्वाभाव । कसैलाई नबिझाउने, नबिगार्ने तर उनलाई बिनाबिच्चामा बिझाए कि वा बिगार्ने कोशिष गरे कि थाहै नपाई थला बसाउने ढीट व्यक्तित्वका सम्राट ।  

सिपै सिप, प्रतिभै प्रतिभाका धनी ध्रुव लोहागणको साहित्यिक लेखन यात्रा आरम्भमै हास्यव्यङ्ग्य पत्रिका "झ्याल्टुङ" र "झिल्के" नामक हास्यव्यङ्ग्यात्मक पत्रिकाबाट आरम्भ भएको हो । यसैकारण हास्यव्यङ्ग्य रचना लेख्नमा पनि यिनलाई सिपालु देखिन्छ । यसबाहेक पनि यिनले भानु स्मारिका (पाकिम) अनि गोरेटो बिसौनी (सामयिक पत्रिका) सम्पादन गरेर आफूलाई साहित्यिक पत्रकारका रुपमा परिचय गराएका छन् ।

ध्रुव लोहागण रसिक स्वभावका पनि हुन् । आफूभित्रको रसिक प्रवृत्ति ठिटौले उमेरदेखि नै झाङिँदै गएकोले यिनका ठाउँमा आयोजन हुने कुनै पनि कार्यक्रममा "बौलाहा" (1985) नामक "मोनोएक्ट" (एकल अभिनय) लिएर मञ्चमा ओर्लेर दर्शक / श्रोतालाई च्यूँच्यूँ पार्नुका साथै हँसाएर भुतुक्कै हुरुक्कै पारेर भक्कुचूर श्यावाशी ह्त्याए पछि अभिनय क्षेत्रमा पनि यिनको चासो रहर दिन दुइगुणा रात चौगुणा झ्याङिएर गएको पाइन्छ । उक्त "बौलाहा" मोनोएक्ट यति चर्चित भयो एकेक पल्ट मात्र होइन सात-सात चोटि विभिन्न ठाउँमा प्रदर्शन भए । नेपाली मोनोएक्टको विकासमा ध्रुवले कुलो नै खनेदेखि अन्यान्य कलाकारले पनि मोनोएक्ट गर्न आरम्भ गरेको पाइन्छ । त्यसपछि अभिनय प्राङ्गणमा आएर यिनले अभिनय क्षेत्रमा मुलूक मारे । साइनो (फिचर फिल्म). असली-नकली (टेलिफिल्म) , देवता (टेलिश्रृखला) मा अभिनय गरेर आफ्नो भित्र अभिनय कलाकारमा हुने हुने बिरुवाका चिल्ला पातका लक्षण देखाए । त्यसपछि यिनले अभिनय लगायत निर्देशन गरेका अऩ्य फिल्महरूमध्ये रानी खोला (फिचर फिल्म - लेखन / अभिनय), हाम्रो गाउँको कथा (टेलिफिल्म - निर्देशन), जीवन-गोरेटो ( लेखन, अभिनय अनि निर्देशन / दूरदर्शन गुवाहाटी निर्मित अनि प्रसारित)हिन्दी टेलिफिल्म), हरियाली और प्यार (गान्तको दूरदर्शनद्वारा निर्मित र प्रसारित / अभिनय लेखन तथा निर्देशन) आदि प्रमुख हुन् ।  

संसारका नब्बे प्रतिशत साहित्यकारको साहित्य लेखन कविताबाटै आरम्भ भएको देखिए पनि हाम्रा यी ध्रुव लोहागणले भने यिनकै "झ्याल्टुङ"-को अङ्क 5 / 6 (1985) मा हास्यव्यङ्ग्य एकाङ्की "पोथी बासेपछि"-बाट भएको हो । यसैको परिणामस्परुप अहिलेसम्म यिनका निम्न नाट्यकृति बजारमा आइसकेका छन् ।



१.१ प्रकाशित कृतिहरूको विवेचन - 

१. आँधी आएपछि (पूर्णाङ्की नाटक) १९९७ को विवेचन

२. कटुसत्य (नाटक सङ्ग्रह ) १९९९

३. रजनीगन्धा (कथा सङ्ग्रह) २००१  

४. मृगतृष्णा (पूर्णाङ्की नाटक) २००४

५. त्यो पारी गाउँमा (पूर्णाङ्की नाटक) २००६

६. मन (एकाङ्की सङ्ग्रह) २०१०

७. सम्मोहन (पूर्णाङ्की नाटक) २०१८

८. फेसुबकको पन्नादेखि पुस्तकका पन्नाहरूमा आइतबारे कोसेली (कविता सङ्ग्रह) २०१९

९. तितो सत्य (कविता सङ्ग्रह) २०१९

१०. समय चक्र कथा सङ्ग्रह) पहिलो संस्करण २०१९

११. समय चक्र कथा सङ्ग्रह) दोस्रो संस्करण २०१९

यी नाटकहरूमध्ये कटुसत्य, आँधी आएपछि, मन, सिद्घार्थ आदि एकाङ्की / नाटकहरू सिक्किम विश्वविद्यालय, बीएड एसपीएससीका पाठ्यक्रममा समेत समावेश भएको पाइन्छ । यिनी आकाशवाणी गान्तोकका अनुमोदित नाटककार हुन् । 


कथा लेखनमा पनि मेरा मित्र ध्रुवज्यू अब्बल देखिन्छन् । अहिलेसम्म यिनका एउटै मात्र कथा सङ्ग्रह समय चक्र (पहिलो संस्करण २०१९, दोस्रो संस्करण २०१९) देखिए पनि दुइ / तीन महिनाको हाराहारीमा दोस्रो संस्करण नछापी धर पाएको थिएऩ । यसबाहेक यिनका दुइ काव्यकृति "फेसबुककको पन्नादेखि पुस्तकका पन्नाहरूमा - आइतबारे कोशेली 2018 र तितो सत्य २०१९ मा प्रकाशित भएका छन् । अहिलेसम्म यिनका रेडियो नाटकहरू आकाशवाणी गान्तोकबाट प्रसारण भएको पाइन्छ - सिद्धार्थ (१९९९), कटुसत्य (2000), टिस्टा रङ्गीतको बगरै बगर (तेह्र भागमा धारावाहिक नाटक - २००१), ममता (चार भागंमा विभाजित धारावाहिक नाटक २००६). नयाँ बिहानी २००८ अनि पुनर्जन्म २०१० आदि आदि । 

के लेख्दैनन् हाम्रा ध्रव लोहागण (?) हाम्रा ध्रवज्यू । नाटक, कथा, गीत । यिनका गीतहरू -

बिहानी हुन अघि नाटकका तीन गीत (सङ्गीत माधव घिमिरे), न्यानो घाम (गीति एल्बम सङ्गीत माधव घिमिरे), हरिचिन्तन (भजन सङ्गीत माधव घिमिरे), मृगतृष्णा नाटक - सङ्गीत शान्ति ठटाल, रानो खोला फिचर फिल्म सङ्गीत शक्तिवल्ल्भ, अनन्तसम्म गीति एल्बम शिला बहादुर मोक्तान अनि हरियाली और प्यार हिन्दी टेलिफिल्ममा गीत सङ्गीत जीवन प्रकाश प्रधान ।

तर अचम्मको कुरा, यिनका परिवारभित्र ख्यातिप्राप्त गायक/ सङ्गीतकार हुँदा हुँदै पनि परिवारका कसैले पनि न यिनका गीत गाएका सुनिएको छ न ता सङ्गीत गरिएको नै । 

ध्रुव लोहागण सामाजिक संस्थातिर संलग्न देखिन्छ । प्रतिभाका सम्राट ध्रुव लोहागणले आजसम्म सामाजिक क्रियाकलाप, चलचित्र, सङ्गीत, नाटक एवम् साहित्यमा बिर्सिनै नसकिने दुइ दर्जनभन्दा धेर पुरस्कार / सम्मान तथा अभिनन्दन हत्याइसकेका छन् ।

उपन्यास बाहेक नाटक, गीत, कथा, कविता लेखनाका साथै फेस बुकमा हास्यात्मक कथा तथा कविता अपडेट गरी भक्कुचुर प्रशंसा र श्यावाशी हत्याउने ध्रुव लोहागण साँच्चै नै नेपाली वाङमयका ईर्ष्णीय साहित्यकार हुन् ।

भारतीय नेपाली वाङमयका होनहार, लगनशील, उद्यमी प्रतिभाशाली ध्रुव लोहागणको लेखन शक्ति दिन दुइगुणा रात चौगुणा बढ़ुन् । 

साहित्य लेखनबाहेक चलचित्रमा पटकथा लेखनका साथै अभिनय र निर्देशनमा पनि यिनको भूमिका गज्जब देखिन्छ । 

१.२ चलचित्रमा यिनको योगदान - 

१. साइनो (फिचर फिल्म) अभिनय

२.असली-नकली (टेलिफिल्म) अभिनय

३.रानी खोला (फिचर फिल्म) लेखन अनि अभिनय

४. देवता (टेलि श्रृङ्खला) अभिनय 

५. हाम्रो गाउँको कथा (टेलिफिल्म) निर्देशन

६. जीवन-गोरेटो (हिन्दी टेलिफिल्म- दूरदर्शन गुवाहाटीद्वारा निर्मित अनि प्रसारित) लेखन, अभिनय अनि निर्देशन 

७. हरियाली और रास्ता (टेलिफिल्म -गान्तोक दूरदर्शनद्वारा निर्मित र प्रसारित) लेखन, अभिनय अनि निर्देशन ।


१.३. गीत लेखनमा पनि यिनको योगदान रहेको पाइन्छ । 

१.अहिलेसम्म हात परेका यिनका गीति सृजनाहरू - 

२. बिहानी हुन अघि नाटकमा तीनवटा गीत सङ्गीत माधव घिमिरे

३, न्यानो घाम गीति एल्बममा एउटा गीत सङ्गीत माधव घिमिरे

४. हरि चिन्तन भजन एल्बममा एउटा भजन सङ्गीत माधव घिमिरे

५.मृगतृष्णा नाटकमा तीनवटा गीत सङ्गीत शान्ति ठट़ाल

६. रानी खोला फिचर फिल्ममा एउटा गीत सङ्गीत शिलाबहादुर मोक्तान

७. हरियाली और रास्ता हिन्दी टेलिफिल्ममा एउटा हिन्दी गीत सङ्गीत जीवन प्रकश प्रधान


 १.३ आकाशवाणी गान्तोकबाट प्रसारित रेडियो नाटकहरू भइसकेका छन् ।-

१. सिद्धार्थ (रेडियो नाटक) सन् 1990

२. कटुसत्य (रेडियो नाटक) सन् 2000

३. टिस्टा रङ्गीतको बगरै बगर (तेह्र भागमा रेडियो धारावाहिक नाटक) सन् 2001

४. ममता ( चार भागमा रेडियो धारावाहिक नाटक) सन् 2003

५. मन (रेडियो नाटक) सन् 2005

६. सम्मोहन (चार भागमा रेडियो धारावाहिक नाटक) सन् 2006

७. नयाँ बिहानी (रेडियो नाटक) सन् 2008

८, ९पुनर्जन्म (रेडियो नाटक) सन् 2010


 यिनका रचनाहरू शैक्षिक पाठ्यक्रम अनि एसपीएससी अन्तर्गत अन्तरवार्तामा समाविष्ट भएको पाइन्छ -

 नाटक सङ्ग्रह कटुसत्य एकाङ्कीको मतैक्य एसपीएससी अन्तर्गत नेपाली विषयका स्नातकोत्तर शिक्षकको अन्तरवार्ता (परीक्षा) को निम्ति समावेश ।

 पूर्णाङ्की नाटक आँधी आएपछि एसपीएससी अन्तर्गत नेपाली विषय स्नातक शिक्षाकको अन्तरवार्ता (परीक्षा)को निम्ति समावेश ।

एकाङ्की सङ्ग्रह मन-बाट मन शीर्षकको एकाङ्की नाटक सीबीएसई अन्तर्गत दशौं श्रेणीको पाठ्यक्रममा समावेश ।

मन एकाङ्की नाटक एसपीएससी अन्तर्गत नेपाली विषय स्नातक शिक्षकको अन्तरवार्ता (परीक्षा)को निम्ति समावेश ।

 मन एकाङ्की नाटक एसपीएससी अन्तर्गत सिक्किम महाविद्यालयको नेपाली विषय लेक्चररको अन्तरवार्ता (परीक्षा)को निम्ति समावेश ।

मन एकाङ्की सङ्ग्रहबाट सिद्धार्थ शीर्षक एकाङ्की नाटक सिक्किम युनिभर्सिटी अनतर्गत एम ए थर्ड सेमिष्टारको पाठ्यक्रममा समावेश । 


 सामाजिक सङ्घ-संस्थातिर पनि यिनको सहबागितात देखिन्छ -

१. संस्थापक सदस्य पाङल्हाबसोल समारोह समिति, राभाङ्ला 

२. अध्यक्ष हिमचुली नाट्य निकेतन, सिक्किम

३. संस्थापक गोरेटो-बिसौनी (साहित्यिक भेटघाट, पाकिम)

४. संस्थापक सदस्य पुष्पाञ्जलि विद्यालय, पाकिम

५. संस्थापक महासचिव सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिम

६. आजीवन सदस्य कलाकार सङ्घ, सिक्किम

७. आजीवन सदस्य नेपाली साहित्य परिषद, सिक्किम

८. पूर्व अध्यक्ष नेपाली साहित्य परिषद, सिक्किम



 सामाजिक क्रियाकलाप, चलचित्र, सङ्गीत, नाटक अनि साहित्यमा सेवाको निम्ति पुरस्कुर एवम् अभिन्दन -

१. डा. अम्बेदकर फेलोसिप - भारतीय दलित साहित्य अकादमी सन् १९९ ६ 

२. सिक्किम साहित्य परिषद् सन् १९९८

३. डा. अम्बेडकर विशिष्ट सेवा पुरस्कार -१९९९ सन् १९९९ 

४. सिक्किम प्रतिभा प्रतिष्ठान, पाकिम सन् १९९९

५. पूर्व पाण्डाम गाउँले अनि युवाद्वारा सन् १९९९

६. सिक्किम कलाकार सङ्घ सन् १९९९

७. किनार प्रकाशन, गान्तोक सन् २०००

८. डा. शोभा थेगिम (लेप्चा) स्मृति पुरस्कार -(रजनीगन्धा कथा सङ्ग्रह) सन् २००५

९. सिक्किम प्रतिभा प्रतिष्ठान सन् २००५

१०. गाउँले आवाज सागर सम्मान -ताकछाङ, पूर्व सिक्किम सन् २००८ 

११. नेपाली समाज सेवा समिति, नयाँ बजार, सिक्किम सन् २००८ 

१२. १९४ औं भानु जयन्ती समारोह समिति, जोरथाङ सन् २००८ 

१३. पुस्तक लोकार्पण समिति, किनार प्रकशन सन् २००८ 

१४. सांस्कृतिक मामिला एवम् धरोहर विभाग, (नाट्य अभिनय कार्यशालामा प्रशिक्षक) सन् २००८ 

१५. पारखा रिइन्कारनेशन अर्गनाइजेशन, अनन्त युवा सङ्घ र देशबुन्धु क्लब (संयुक्त रुपमा) सन् २००९

१६. गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङ (विश्व नाट्य मेला उत्सव) सन् २०१०

१७. स्वतन्त्र दिवस समारोह समिति, जोरथाङ सन् २०११

१८. शिवकुमार राई स्मृति पुरस्कार -दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्ची सन् २०११

१९. पाङ्ल्हाबसोल समारोह समिति, राभाङ्ला सन् २०११

२०. राष्ट्रिय तहको लालमान-सञ्चरानी स्मृति पुरस्कार, दक्षिण सिक्किम साहित्य सम्मेलन सन् २०१२

२१. डा. अम्बे़डकर सामाजिक आर्थिक विकास सङ्गठन, गान्तोक सन् २०१२

२२. अनुसूचित जाति कल्याण सङ्घ, दक्षिण सिक्किम सन् २०१२

२३. कोपिला परिवार टाशी नाम्ग्याल एकेडेमी, गान्तोक सन् २०१२

२४. अखिल किरात राई सङ्घ - साकेवा पर्वको उपलक्ष्यमा सन् २०१३

२५. डिमापुर गोर्खा युनियन - उत्तर पूर्वीय नेपाली साहित्य सङ्गोष्ठी सन् २०१४

२६. जुम - सालघारी समष्टिका जनतावर्ग - स्वतन्त्र दिवस समारोह समिति, जोरथाङ सन् २०१५

२७. सिक्किम कलाकार सङ्घ सन् २०१८

२८. जुनकेरी युथ क्लब (एऩ. जी. ओ) मिलिङ चियाबारी, धोत्रे (दार्जिलिङ) सन् २०१९

२९. भानु पुरस्का,. नेपाली साहित्य परिषद्- सिक्किम सन् २०१९

३ ०. टासी नामग्याल एकेडेमी, गान्तोक सन् २०१९

३१. पुष्पाञ्जली विद्यालय - पाकिम सन् २०१९


ध्रुब लोहागणको असामयिक निधनमा सादर श्रद्धाञ्जलीका साथै सम्पूर्ण शोकाकुल परिवारकन हादिक समवेदना ।

 ध्रुब लोहागयणजी

शेष प्रणाम ।

Comments